व्यवसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन

Objectives/Expected Achievements

Published On : 2021-11-29 14:15:38

उद्देश्य र अपेक्षित उपलब्धी
(क) उद्देश्य

नेपाल सरकारले निम्न उद्देश्य प्राप्त गर्न नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका कार्यान्वयन गरिरहेको छः

  • पशु सेवा क्षेत्रको क्षमता अभिवृद्धि, आधुनिकीकरण र सुदृढीकरण गर्ने ।
  • दूध, खसीबोको मासु र पश्मिनाको उत्पादकत्व र उत्पादन वृद्धि गर्ने ।
  • दुध, खसीबोकाको मासु र पश्मिनाजन्य पदार्थको मूल्य अभिवृद्धि गराउने ।
  • पशुपालन क्षेत्रमा थप लगानी आकर्षित गराउने ।

(ख) अपेक्षित उपलब्धी

आयोजनाको कार्यान्वयनबाट अपेक्षा गरिएका प्रमुख उपलब्धीहरु यस प्रकार छनः

  • गाई र भैसीको दूधमा ४०% बृद्धि हुने ।
  • खसी–बोकाको मासु उत्पादनमा २०% बृद्धि हुने ।
  • उत्पादित दूध, मासु र पश्मिनाको बिक्री ३०% ले बढ्ने ।
  • आयोजनाको सेवा र सामग्री ४५ प्रतिशत महिला सहित कम्तीमा २००००० कृषक परिवारमा पुग्ने ।
  • ४५ प्रतिशत महिला सहित कम्तीमा ७५०००० कृषक परिवारले जलवायु मैत्री प्रविधिहरु अभ्यासमा ल्याउने ।