नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजना

हरिहरभवन, ललितपुर

परिचय

नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना, छनौट गरिएका पशुजन्य मूल्य शृंखलामा उत्पादकत्व वृद्धि गर्ने, पशुजन्य उत्पादनहरुको मूल्य अभिवृद्धि गर्ने र नेपालको पशु सेवा क्षेत्रको सुदृढीकरण गर्ने उद्देश्यले कृषि तथा पशुपन्छी विकास मन्त्रालद्वारा विश्व बैंकको ऋण सहयोगमा सञ्चालन गरिएको आयोजना हो । यो आयोजना आ.व. २०७४ /७५ देखि कार्यान्वयनमा आएको छ र आ.व. २०८०/८१ मा सम्पन्न हुने छ ।

यो आयोजनाले १७०० उत्पादक संस्था (कृषक समूह र सहकारी) मा आवद्ध भएका ४५ प्रतिशत महिला सहित २००,००० लाभग्राहीलाई प्रत्यक्ष लाभ पुर्‍याउन  लक्ष राखेको छ ।

यो आयोजनाको मुख्य कार्यक्षेत्र चित्र–१ मा देखाइए अनुसारका ५ वटा प्रदेशका २८ जिल्लाका २८९ गाउँ तथा नगरपालिकाहरु हुन । 

 

चित्र–१:आयोजना लागु भएका प्रदेश तथा जिल्ला

आयोजनाले सम्भाग “ग” अन्तर्गतको पूरक अनुदान तालिका–१ मा देखाइएबमोजिम मातहतका चारवटा विकेन्द्रीकृत आयोजना सहयोग इकाईहरु मार्फत यी २८ जिल्लाका उत्पादक संस्थाहरुमा प्रवाह गरिरहेको छ भने अन्य सम्भाग अन्तर्गतका पशु सेवा क्षेत्र नवीकरण सम्बन्धी क्रियाकलापहरु भने सम्बन्धित प्रदेश सरकार तथा स्थानीय तहको समन्वयमा देशभरिनै कार्यान्वयन गरिरहेको छ ।

क्र.सं.

विवरण

मिति

 १. 

 सम्झौता मिति 

२०७४ माघ ०७ (२१ जनवरी, २०१८)

२.

आयोजना प्रभावकारी भएको मिति

२०७४ फागुन १६ (२८ फेबु्रवरी, २०१८)

३.

 छुट्टै आयोजना व्यवस्थापन कार्यालय स्थापना 

२७ असार २०७५ (११ जुलाई २०१८)

४.

 विकेन्द्रीकृत आयोजना सहयोग इकाईहरु स्थापना 

२० वैशाख २०७५ (३ मे २०१८)

५.

 मध्यावधि मूल्यांकन

 ११ साउन–१५ भदौ २०७८ (२६ जुलाई –३१ अगष्ट, २०२१)

६.

 आयोजना पुनःसंरचना पूरा भएको 

२ चैत्र २०७८ (१६ मार्च २०२२)

७.

आयोजना समापन हुने मिति 

२०८० आषाढ १५ (३० जुन, २०२३)

 

आयोजनाको लागत:

आयोजनामा विश्व बैंकको प्रस्तावित सुरु लगानी ११५ मिलिअन अमेरिकी डलर भएकोमा मध्यावधि मूल्याङ्कन पश्चात २०७८ चैत्रमा भएको पुनःसंरचनाबमोजिमको संशोधित लगानी ५५ मिलिअन अमेरिकी डलर कायम गरिएको छ भने आयोजनाका लगानीका स्रोतहरु तालिका–३ अनुसार हुने अनुमान गरिएको छः

 

 

क्र.सं.

विवरण

रकम
(मिलिअन अमेरिकी डलर)

प्रतिशत

 

 १. 

विश्व बैंकको ऋण सहयोग 

५५.००

६३.१६

२.

नेपाल सरकारको लगानी  

०७.०८

०८.१४

३.

लाभग्राहीको स्वलगानी 

१०.००

११.४८

४.

बैंक तथा वित्तीय संस्थाहरुको लगानी  

१५.००

१७.२२

 

जम्मा  

८७.०८

१००.००

 

 

आयोजना कार्यान्वयन व्यवस्था

६.१ आयोजना व्यवस्थापन कार्यालय
आयोजना कार्यान्वयन गर्न हरिहरभवन, पुल्चोक, ललितपुरमा आयोजना व्यवस्थापन कार्यालय 9एचयवभअत ःबलबनझभलत ग्लष्त0 स्थापना गरिएको छ । आयोजना निर्देशकले नेतृत्व गर्ने यो कार्यालयमा नेपाल सरकारद्वारा काजमा खटाइएका कर्मचारीहरुको साथै आयोजनाले नियुक्त गरेका सल्लाहकार र अन्य कर्मचारीहरु कार्यरत छन । 

६.२ विकेन्द्रीकृत आयोजना सहयोग इकाई
एवं प्रकार आयोजनाको प्रभावकारी कार्यान्वयनको लागि बुटवल, पोखरा, हेटौंडा र बिराटनगरमा विकेन्द्रीकृत आयोजना सहयोग इकाईहरु स्थापना गरी आयोजनाको कार्यक्षेत्रका प्रदेश र नगर तथा गाँउपालिकाहरुमा कार्यक्रम सञ्चालन गर्न जिम्मेवार बनाइएको छ । यी विकेन्द्रीकृत आयोजना सहयोग इकाईहरुले आयोजना व्यवस्थापन कार्यालयस“ग समन्वय गरी आ–आफ्नो कार्यक्षेत्र भित्र आवश्यकता अनुसार कार्यक्रम तथा बजेट तयार गरी कार्यक्रम सञ्चालन गरिरहेका छन ।

६.३ राष्ट्रिय पशु प्रजनन कार्यालयपोखरा
आयोजनाले नश्ल सुधारको लागि अत्यन्त महत्वपूर्ण वंशावलीमा आधारित दुधालु गाई, भैसी नश्ल सुधार कार्यक्रम सञ्चालन गर्न प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराइरहेको छ र पशु नश्ल सुधार सम्बन्धी क्रियाकलापहरु सञ्चालन र सोको खर्च राष्ट्रिय पशु प्रजनन कार्यालय, पोखरा मार्फत हुने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : 2020-11-18 12:27:38